वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा

Nepal Cover
२५ भाद्र २०८१, मंगलवार
image

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का वडा अध्यक्ष र सचिवसहित ३ जनालाई घुस सहित पक्राउ गरेको छ ।

वडाअध्यक्ष ५७ वर्षीय उपेन्द्र्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र शाह र ४५ वर्षका विजय मण्डल छन् ।

अख्तियारको कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले ४ लाख ५० हजार नगद बरामद गरेको छ । उनीहरुलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।