‘हिंसा शब्द असंसदीय शब्द होइन, रेकर्डबाट हटाउनु नपर्ने’

  Sampatti News 2024

September 11, 2024

काठमाडौं । भादौ १२ गतेको संसद बैठकमा नेकपा एमालेका नेता योगेश भट्टराईले संसदमा बोलेको माओवादी जनयुद्धलाई हिंसा भनेको विषयलाई सभामुख देवराज घिमिरे रेकर्डबाट हटाउनु नपर्ने रुलिङ गरेका छन् ।

घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उनले हिंसा शब्द हटाउन नपर्ने बताएका थिए । उनले उक्त शब्द असंसदीय नभएको बताए ।

त्यसपश्चात् प्रमुख प्रतिपक्षीय दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिवाद गरे ।

उनले मुल कानुन संविधान भएको र संविधानमै जनयुद्ध र जनआन्दोलनको व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरित भएको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति:September 11, 2024