घुससहित पक्राउ परेका इन्जिनियहरू विशेष अदालतद्वारा दोषी ठहर

Nepal Cover
२८ भाद्र २०८१, शुक्रबार
image

काठमाडौं । घुससहित बानेश्वरबाट पक्राउ परेको दुई इन्जिनियरलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

पर्यटन विकास आयोजना इकाई कार्यालयका इन्जिनियहरू लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरि मुद्दा दर्ता गरेको थियो ।

दोषी ठहर भएका सव–इन्जिनियरहरु राजनप्रसाद भट्टराई र सन्जय अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रूपैयाँ घुससहित पक्राउ गरेको थियो ।

विशेष अदालतका न्यायधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना कैद सजाय गरेको छ ।