सम्पति शुद्धीकरणको दाबी गर्दै अख्तियारले पहिलो पटक मुद्दा हाल्यो

  Sampatti News 2024

September 13, 2024

काठमाडौं । सम्पति शुद्धीकरणको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । लुम्बिनी विकास कोषका इन्जिनियर एवं पूर्वयोजना प्रमुख सरोज भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणको दाबीसहित अख्तियारले मुद्दा दर्ता गराएको हो ।

पहिलो पटक अख्तियारले जिल्ला अदालतमा यो मुद्दा दर्ता गरेको हो । यसअघि विशेष अदालतमा सम्पत्ति शुद्वीकरण विभागले दर्ता गर्ने गरेको थियो ।
त, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनले सम्पत्ति शुद्धीकरण विभागको मुद्दा दायर गर्ने अधिकार जिल्ला सरकारी वकिल कार्यालयलाई दिएको छ । सोहि आधारमा मुद्दा दर्ता गरेको हो ।

सम्पत्ति शुद्धीकरणसँगै भ्रष्टाचारको दाबी पनि अभियोगपत्रमा गरिएको छ । भट्टराईविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा हो ।

लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियारले यसअघि पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेषले दोषी ठहर गरेको छ । पहिलो मुद्दामा विशेषले भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाइको थियो । भट्टराईविरुद्ध बिहीबार १ करोड ८५ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ ।

प्रकाशित मिति:September 13, 2024