सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति पुग्यो ?

  Sampatti News 2024

September 13, 2024


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

एकैदिन सुनको मूल्य तोलामा ३ हजारले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य १ लाख ५३ हजार ३ सय रहेकोमा आज १ लाख ५६ हजार ३ सय कायम भइ कारोबार भइरहेको हो ।

जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य १ लाख ५३ हजार ४ सय कायम भइ उच्च बनेको थियो ।

त्यसो त आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ७ सय ९५ रहेकोमा मूल्य वृद्धि भइ १ हजार ८ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:September 13, 2024