गृह प्रवक्तामा सहसचिव तिवारी, नीति तथा योजना महाशाखामा डा. पाण्डेलाई जिम्मेवारी

  Sampatti News 2024

September 13, 2024

काठमाडौं । शान्ति सुरक्षा महाशाखा तथा गृह प्रवक्ताको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिइएको छ । गृह मन्त्रालयले मन्त्रालयको शान्ति सुरक्षा महाशाखा तथा गृह प्रवक्ताको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिएको हो ।

उनी अनुभवी छन् । उनले आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका छन् ।

त्यस्तै अध्यागमन विभागका महानिर्देशक समेत भएका थिए ।

गृहमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै तिवारीलाई शान्ति सुरक्षा महाशाखा र प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

त्यस्तै गृहमन्त्रालयको नीति तथा योजना महाशाखाको डा. टोकराज पाण्डेलाई जिम्मेवारी दिएको । गृह मन्त्रालयले शुक्रबार कार्य अवधि पुगेका केहि जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवाको गृहकार्य गरेपनि मन्त्री तथा सचिवको कार्यव्यस्तताका कारण अन्तिम निर्णय हुन नसकेको बताइएको छ ।

करिब करिब एक दर्जन बढि सिडिओको सरुवा हुने प्रस्ताव तयार भइसकेको भएपनि अन्य केहि सिडिआकोे सरुवा थप्नुपर्ने भएकाले निर्णय हुन ढिलाई भएको गृह स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति:September 13, 2024