एनसेल खरिदबिक्री सम्बन्धी रिट पूर्ण इजालमा सुनुवाई हुने

  Sampatti News 2024

September 14, 2024

काठमाडौं । एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दायर गरेको रिट पूर्ण इजलासमा पेस गर्ने आदेश भएको छ । शुक्रवार न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले उक्त रिट पूर्ण इजलासमा पेस गर्ने आदेश भएको हो ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर कौडीको भाउमा बिक्री गरेको देखाइएको र त्यसको उद्देश्य कर छली गर्नु तथा इजाजत लम्बाउनु रहेको भन्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गत मङ्सिर २२ गते सर्वोच्चमा खरिद विक्री रोक्न माग गर्दै रिट दायर गरेका थिए । सिंहले आफ्नो रिटमा अन्तरिम आदेश जारी गर्न माग गर्दै एनसेल, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतलाई विपक्षी बनाएका थिए ।

अन्तरिम आदेश छलफलका लागि शुक्रवार भएको सुनुवाइपछि अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा पूर्ण इजलासबाट नै निर्णय हुनु उचित देखिएको भन्दै उक्त रिटलाई पूर्ण इजलासमा पठाउने आदेश भएको हो । साथै उक्त रिटलाई अग्राधिकार प्रदान गरी छिटो सुनुवाइ गर्नसमेत आदेश दिइएको छ ।

केही समयअगाडि मलेसियन कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको सबै सेयर गैर आवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको जानकारी गराएको थियो ।

प्रकाशित मिति:September 14, 2024