नेपाल एयरलाइन्सको जहाज दुबईमा ग्राउन्डेड, यात्रुहरू दुबईमै अलपत्र

  Sampatti News 2024

September 14, 2024

काठमाडौं । नेपाल एयरलाइन्सको लुम्बिनी जहाज ल्यान्डिङ गियरसँग सम्बन्धित हाइड्रोलिक समस्याका कारण दुबईमा ग्राउन्डेड भएको छ । विमान शुक्रबार राति ११स्५२ बजे काठमाडौंबाट दुबईका लागि उडेको थियो र शनिबार बिहान ३ः५५ बजे नेपाल फर्किनुपर्ने तालिका थियो । तर, प्राविधिक समस्याले गर्दा जहाज समयमै फर्किन सकेन ।

निगमका प्राविधिक प्रवक्ता इञ्जिनियर मनोज कुमार साहले स्पेयर पार्ट्सको खोजी भइरहेको जानकारी दिएका छन् । निगमसँग अन्य जगेडा विमान नहुँदा १५० नेपाली कामदारसहितका यात्रुहरू दुबईमै अलपत्र छन् । यात्रुहरूलाई होटलमा राख्ने व्यवस्था गरिएको छ ।

दुबईमा प्राविधिक टिम नहुँदा नेपाल एयरलाइन्सले कुबेत एयरवेजसँग सम्झौता गरी प्राविधिक सहयोग लिइरहेको छ । जहाज मर्मतपछि नेपाल फर्काइने योजना रहेको छ ।

प्रकाशित मिति:September 14, 2024