सर्वोच्च अदालतमा हुने कारबाहीको लाइभ गर्न माग गर्दै रिट दायर

  Sampatti News 2024

September 15, 2024

काठमाडौं । सर्वौच्च अदालतमा हुने कारवाहीको लाइभ गर्न माग गर्दै रिट दायर भएको छ ।

कानुनका विद्यार्थीहरु अनिलकुमार साह र विवेक चौधरीले आइतबार पेस गरेको रिट निवेदन आइतबार सर्वोच्च अदालतले दर्ता गरेको हो ।

त्
रिटमाथिको पेसी सोमबारका लागि तोकिएको छ । न्यायिक पारदर्शिता र जनतामा न्यायको पहुँचको उद्देश्य राखेर रिट निवेदन पेस गरिएको चौधरीले जानकारी दिए ।

निवेदकहरूले अदालतको कारवाहीलाई प्रत्यक्ष प्रसारण गर्नु न्यायिक प्रणालीको आमूल परिवर्तनको लागि अपरिहार्य रहेको समेत रिटमा उल्लेख गरेका छन् । रिट निवेदनमा विश्वका प्रमुख लोकतान्त्रिक मुलुकहरू जस्तै भारत, अमेरिका, ब्राजिल, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया लगायतका देशहरूमा सर्वोच्च अदालतको कारवाहीको प्रत्यक्ष प्रसारण भइरहेको तथ्य उल्लेख गरिएको छ।

प्रकाशित मिति:September 15, 2024