संघीय संसदको दुवै सदनको अधिवेशन अन्य गर्ने सरकारको निर्णय

Nepal Cover
३० भाद्र २०८१, आईतवार
image

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार भदौ ३१ गते अर्थात् भोलि राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य हुनेछ ।

त्यसो त भोलिका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । भोलि दिउँसो १ बजे बैठक बसेपछि अधिवेशन अन्त्य गर्न लागिएको हो ।