काठमाडौं । अख्तियार दुरुपयोग आयोगले रौतहटको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा छापा मारेको छ । सोमबार राति अख्तियारको टोलीले अस्पतालमा छापा मारेको हो ।
टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औषधी उपकरण भए नभएको बुझी मुचुल्का उठाएर लगेका छन् । अख्तियारको टोलीले खोजे अनुसार परिमाणको उपकरण र सामाग्री नपाएपछि सोही अनुसार मुचुल्का गरि लगेको अस्पताल श्रोतले जनाएको छ।