ट्याक्टर सेती नदीमा खस्यो, दुई बेपत्ता

  Sampatti News 2024

September 18, 2024

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–२ झनानाबाट एउटा ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जनाले हाम फालेर ज्यान जोगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीका अनुसार, जयपृथ्वी राजमार्गअन्तर्गत मौरी बगरदेखि झनानातर्फ गइरहेको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५० मिटर तल सेती नदीमा खस्दा ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढासहित २ जना बेपत्ता भएका छन् । बेपत्ता अर्का एक जनाको पहिचान खुलेको छैन । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा चालकसहित ५ जना सवार रहेकोमा ३ जनाले हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । घाइते उनीहरुको झोतामा उपचार भइरहेको छ ।

प्रकाशित मिति:September 18, 2024