दशैंमा घर जानेहरुको लागि असोज १२ गते बाट अग्रिम टिकट खुल्ला

  Sampatti News 2024

September 22, 2024


काठमाडौं । दसैँतिहारका अवसरमा सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बिचको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरेर यस निर्णयमा पुगिएको हो ।
मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले व्यवसायीका मागहरूमा आधारित सातबुँदे निर्णय पनि गरेको छ । बैठकले सबै सडक मर्मत गर्न, र बिपी राजमार्गमा सुरक्षाको लागि साना सवारी मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अग्रिम टिकटको प्रक्रिया चाँडै खुल्ने जानकारी दिए । सवारीसाधनको यान्त्रिक परीक्षण गरिसकेपछि गन्तव्यमा सहज व्यवस्थापन गरिने बताइएको छ । साथै, वैज्ञानिक भाडा समायोजन छठ पर्वको एक हप्तापछि गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति:September 22, 2024