सन्दिप लामिछाने बिरुद्द सर्वोच्च जाने महान्यायाधिवक्ता कार्यालयको तयारी

  Sampatti News 2024

September 22, 2024


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ ।

मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसलाविरुद्ध पुनरावेदन गर्नुपर्ने भनी तयार पारेको फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।

उच्च अदालत पाटनले सन्दीपलाई नाबालिका बलात्कार मुद्दाबाट सफाइ दिएको थियो ।

प्रकाशित मिति:September 22, 2024