रिक्त दरबन्दीमा तीन दिन भित्र पूर्ती गर्न निर्देशन

Nepal Cover
६ आश्विन २०८१, आईतवार
image

काठमाडौं । केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले उद्योग र गृह मन्त्रालयमा रिक्त दरबन्दी तीन दिनभित्र पूर्ति गर्ने निर्णय गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको बैठकले डेङ्गीलगायत मौसमजन्य रोगहरूको पूर्व तयारी एवम् नियन्त्रण, खाद्यान्न तथा दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरूको माग बमोजिम आपूर्ति व्यवस्था, आसन्न चाडपर्वमा शान्ति सुरक्षाको भरपर्दो व्यवस्था लगायतका विषयमा छलफल गरी आवश्यक १२ बुँदे निर्णयसमेत गरेको छ ।