४३ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन

  Sampatti News 2024

September 22, 2024

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि सरुवा गरेर मन्त्रालयको अतिरिक्तमा राखेका उपसचिवहरूको पदस्थापन गर्नुका साथै केही उपसचिवहरूको सरुवा गरेको छ ।

प्राप्त जानकारी अनुसार ४३ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।

मन्त्रालयले केही दिन अघि हजारौँ कर्मचारीहरूको सरुवा गर्दा तीन दर्जन हाराहारी उपसचिवहरूलाई जिम्मेवारी नदिई मन्त्रालयको अतिरिक्तमा सरुवा गरेको थियो ।

अवधि पुगेकालाई सरुवा गर्ने नाममा इन्स्टिच्यूसनल मेमोरी नै नामेट हुने गरी अन्धाधुन्ध सरुवा गरेर मन्त्रालयमा थन्क्याएसँगै चौतर्फी विरोधसमेत भएको थियो । र, अहिले पनि कतिपय निकायहरूमा द्विपक्षीय वार्तालगायत महत्त्वपूर्ण जिम्मेवारी सम्हाली रहँदा सम्बन्धित मन्त्रालयसँग समन्वय नै नगरी सामान्यले कर्मचारीको सरुवा गरेको भन्दै कर्मचारीहरूले विरोध गरिरहेका छन् ।

प्रकाशित मिति:September 22, 2024