स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मा डा. विकास देवकोटाले

  Sampatti News 2024

September 23, 2024

काठमाडौं । स्वास्थ्य विभागको जिम्मेवारी महानिर्देशकको जिम्मा डा. विकास देवकोटाले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गर्ने क्रममा देवकोटा महानिदेश्शक बनेका हुन् ।

मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखसम्मको जिम्मेवारीमा परिवर्तन गरेका हुन् ।

यसअघि विभागको महानिर्देशक डा. संगीता मिश्रालाई मन्त्रालय ल्याइएको छ ।

उपचारात्मक महाशाखाको जिम्मेवारी डा. सुधा देवकोटाले पाएकी छन् । उक्त महाशाखाका डा. अनुप बास्तोलालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा गरिएको छ ।

विभागको व्यवस्थापन महाशाखा प्रमुखमा डा. पवनजंग रायमाझीलाई लगिएको छ । यसअघि त्यहाँ रहेका डा। श्रवण थापा राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा भएका छन् ।

स्वास्थ्य तालिम केन्द्रमा यशोदा अर्याललाई लगिएको छ । डा। अनुप भट्टचनलाई सार्क टिबी रोग केन्द्रको जिम्मेवारी दिइएको छ । सार्क टिबी सेन्टरमा रहेकी डा। मनीषा रावललाई केन्द्रीय कारागार अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ ।

कारागार अस्पतालमा निर्देशक रहेका डा. प्रकाश बुढाथोकीलाई मन्त्रालयमा ल्याइएको छ । उनी मन्त्रालयका प्रवक्ता समेत हुन् ।

मन्त्री पौडेलले वीरगञ्जस्थित नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा। चुमनलाल दासलाई पठाएका छन् । डा. दास यसअघि मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारीमा थिए । उनको ठाउँमा भने डा. भीम प्रसाद सापकोटालाई ल्याइएको छ ।

यस्तै, गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी डा। सरोज शर्माले पाएका छन् । यसअघि उक्त महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका डा। मदन उपाध्यायलाई वीर अस्पतालमा सरुवा गरिएको छ ।

कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. रूना झा र गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेसुमा डा. श्रीराम तिवारीले जिम्मेवारी पाएका छन् । यसैगरी, डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. नरेन्द्र खनाल सरुवा भएका छन् ।

प्रकाशित मिति:September 23, 2024