झापाको बुद्धशान्ति गाउँपालिका वडाध्यक्ष घुस सहित पक्राउ

  Sampatti News

September 25, 2024

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेका हुन् ।

डिल्लीप्रसादलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहान समेत पक्राउ परेका छन् । घुस लेनदेनको सूचना टेलिफोन मार्फत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट टोली खटिएको थियो । दुवै जनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति:September 25, 2024