बाढी पहिरोले देशका विभिन्न ठाउँका सडक आज पनि पूर्णरुपमा अवरुद्ध, यी हुन् ती सडक

  Sampatti News 2024

October 2, 2024

काठमाडौँ । पछिल्लो समयको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण बिपी राजमार्गसहित १२ वटा सडक पूर्णरुपमा अवरुद्ध छन् ।

विभिन्न स्थानमा खसेको पहरोका कारण बिपी राजमार्ग, फर्पिङ र कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सावरीसाधन बुधबार बिहान ८ बजेसम्म पूर्णरुपमा अवरुद्ध छन् । सिस्नेरी, लेले–टीकाभैरव, कुलेकाली–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ, सिस्नेरी–दक्षिणकाली भएर सञ्चालन हुने सवारीसाधन चल्न सकेका छैनन् ।

काभ्रेपलान्चोकको चारसयबेंसी, कालढुङ्गा, प्याकुरेल, बिपी राजमार्ग र बाह्रबिसे–तातोपानी सडक अवरुद्ध छन् । यसैगरी, सिन्धुलीको सुनकोशी, फिक्कल मध्य महाडी लोकमार्ग र रामेछाप–सिन्धुली (खुर्कोट) सडक पूर्णरुपमा अवरुद्ध छन्  ।

प्रकाशित मिति:October 2, 2024