बाढीपहिरामा परी दुई सय ३३ जनाको मृत्यु, २२ जना अझै बेपत्ता

  Sampatti News

October 3, 2024

काठमाडौं । यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । १६९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार  हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ।

प्रकाशित मिति:October 3, 2024