विराटनगर भन्सार परिसर तनावपूर्ण, १० सेल अश्रुग्यास प्रहार

  Sampatti News 2024

October 4, 2024

विराटनगर।  ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगर महानगरपालिका-१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा हानाहान भएको छ । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साइकल यात्री ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । 

एकीकृत भन्सार जाँचचौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकलयात्री श्याम साहको उपचारका क्रममा आज मृत्यु भएसँगै क्षतिपूर्तिको मागसहित आफन्तजन विरोधमा उत्रेका छन् । 

चौकीतर्फबाट आइरहेको ना ४ ख २४८३ नं को ट्रकले बिहीबार साँझ ठक्कर दिँदा घाइते भएका साइकलयात्री साहको उपचारका क्रममा मृत्यु भएको खबर सार्वजनिक भएसँगै क्षतिपूर्तिका मागसहित आफन्तजन विरोधमा उत्रेका हुन् । 

सडकमा आई विरोधमा उत्रेका मृतकका आफन्तजनलाई सम्झाउने प्रयास गर्दा पनि भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन बाध्य भई १० राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताउनुभयो । अहिले सो क्षेत्रका स्थिति सामान्य रहेको, कोही पनि घाइते नभएको र कसैलाई पनि पक्राउ नगरेको प्रहरीले जनाएको छ ।  

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति:October 4, 2024