स्यालको आक्रमणबाट १० जना घाइते

  Sampatti News 2024

October 4, 2024

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते भएका छन् । पालिकाको वडा ३ को पत्थरदेइया र महादेइया वस्तीमा स्यालले आक्रमण गरेको थियो ।

आक्रमणबाट पत्थरदेइया बस्ने वर्ष १२ को महाजार आलम र कृष्ण यादव, वर्ष ५२ कि राजमती कोरी, वर्ष ५५ का जगनाथ अहिर, वर्ष ५० को भोला पासी महादेइयाका वर्ष ५० का बब्बु केवट र मुन्नालाल चौधरी, वर्ष ३५ को शिवकुमार यादव र वर्ष १५ का अर्जुन यादव घाइते भएका छन् ।

दुवै बस्तीमा बिहीबार राति स्यालले आक्रमण गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताउनुभयो । घाइतेहरूको शिवराज अस्पताल बहादुरगन्जमा उपचारका लागि लगिएको छ । अस्पतालमा रेबिज भ्याक्सिन सकिएपछि ४ जनालाई बुटवल रिफर गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:October 4, 2024