लागुऔषधसहित ६ जना पक्राउ

  Sampatti News 2024

October 4, 2024

काठमाडौं । काठमाडौंमा लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले बिहीबार दिउँसो काठमाडौंको चमतीबाट पक्राउ गरेको हो । नवीनको कोठाबाट लागुऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो ।​

पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका-६ घर भई हाल काठमाडौंको चमती बस्ने १९ वर्षीय नविन रिजाल,सोही ठाउँ बस्ने २६ वर्षीष अनिष महर्जन, चितवनको भरतपुर नगरपालिका-१० का २५ वर्षीया अनु तामाङ, धादिङको गजुरी गाउँपालिका-८ का ४० वर्षीय केशर स्याङतान, धादिङको थर्पुभन्ज्याङका २८ वर्षीय राजेश परियार र तनहुँको आबुखैरेनी  नगरपालिका-३ का २५ वर्षीय सुवास परियार रहेका छन्। 

प्रहरीले उनीहरूको साथबाट नाइट्राभेट ७६५ पिस, ट्रामाडोल ५५० पिस, स्ट्रागन ३७० पिस, स्पास ३० पिस, गाजाको धुलो अन्दाजी २०० ग्राम, २९ हजार ७ सय रुपैयाँ नगर, धारिलो हतियार चक्कु थान १ र फलामको नख थान १ बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:October 4, 2024