सिंहदरबारबाट ६ जना पक्राउ

Nepal Cover
२० आश्विन २०८१, आईतवार
image

काठमाडौँ । सिंहदरबारस्थित दक्षिण गेट अगाडिबाट  ६ जना पक्राउ परेका छन्।  दक्षिण गेटअगाडि प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो उनीहरू पक्राउ परेका हुन् । 

कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा उनीहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन बोगटी, अरुण बोगटीसहित ६ जना रहेका छन् ।

‘बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर! आवतजावत सहज गर! हवाई भाडा नियन्त्रण गर! आकाशिदो महँगी र मूल्यवृद्धि नियन्त्रण गर’लगायतका उनहीहरुले नारा लगाएका थिए।