उर्जा मन्त्रालयले सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण

सरकारले घिसिङलाई हटाउने तयारी

  Sampatti News 2024

October 9, 2024

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेका छन् । उर्जा मन्त्री दिपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई १५ बुदे स्पष्टीकरण सोधेका हुन् ।

मंगलबार घिसिङलाई १५ बुदे स्पष्टीकरण पत्र थमाइएको हो । पत्रमा ‘तपाईंलाई किन कार्वाही नगर्ने ?’ भन्ने प्रश्न पनि रहेको श्रोतले बतायो ।पछिल्लो समय सरकार र घिसिङ बिच ठुलो बिवाद छ ।

घिसिङले उद्योगी ब्यवसायीलाई दुस्ख दिएको प्रधानमन्त्रीको आरोप थियो । घिसिङले सरकारको निर्देशन समेत नमानेको आरोप छ । मंगलबार स्पष्टीकरण सोधेपछी बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्राधिकरण बोर्ड बैठक स्थगित गरेको एक बोर्ड सदस्यले जानकारि दिए ।

पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेसँगै बनेको केपी शर्मा ओली नेतृत्वको सरकारसँग कार्यकारी निर्देशक घिसिङको द्वन्द्व चर्किँदै आएको छ। ट्रंकलाइन र डेडिकेटेड फिडरबाट प्रयोग गरेको बिजुलीको बक्यौता महशुल उठाउने विषयमा विवाद हुँदा प्रधानमन्त्री ओलीले संसदबाटै घिसिङविरुद्ध बोलेका थिए।

स्पष्टीकरणमा कार्यकारी निर्देशक घिसिङको अधिकार कटौती गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति:October 9, 2024