प्रचण्डको विश्लेषण- रवि पक्राउ पर्न सक्छन्

  Sampatti News 2024

October 18, 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलहरुको साथ खोजेका छन् ।नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकमा सभापति लामिछानेले प्रहरी पक्राउविरुद्ध उभिन प्रस्ताव गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको बताएका छन्।

शुक्रबार विपक्षी दलहरुको बैठकमा दाहालले प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा सरकार रहेको बताएका हुन्।

बुधबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा सरकारण पक्राउ गर्ने रणनीतिमा रहेको उनले बताए।

यदि सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने पनि विपक्षी दलहरुले निर्णय गरेका छन्। 

प्रकाशित मिति:October 18, 2024