जनसरोकारका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने विपक्षी दलको निर्णय

  Sampatti News 2024

October 18, 2024

काठमाडौं । विपक्षी दलहरूले सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन्। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए।

सरकारले जनसरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेमा संसद्को विशेष अधिवेशन बोलाउने विषयमा समेत छलफल भएको बताए।

प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापन पत्र पेस गर्ने भन्ने समझदारी भएको छ। जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो।’

बैठकमा नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यक्ष जारी गर्ने तयारी गरेको र सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको विषयमा समेत छलफल भएको बुझिएको छ।

प्रकाशित मिति:October 18, 2024