मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते 

  Sampatti News 2024

October 24, 2024

बाजुरा। जगन्नाथ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु  हुनेमा सान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर ८ मुम्रा कालिकोटका स्थानीय मोटरसाइकल चालक समेत रहेका  २९ वर्षीय खेमराज बुढा रहेका छन् ।

घाइते हुनेमा  बाजुरा जगन्नाथ गाउँपालिका वडा नम्बर ४ नाराकोटका स्थानीय ३७ वर्षिय खडक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जगन्नाथ गाउँपालिका वडा नम्बर ५ स्थित भुकाखोला नजिकै  कालिकोटबाट आउने क्रममा गएराति करिब १० बजे  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

 कर्णाली करिडोर सडकबाट कर्णाली  प्रदेशको ४८१ नम्बरको मोटरसाइकल करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।    घाइते भण्डारीको जगन्नाथ गाउँपालिकाको दश शय्या अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीले जनाएको छ । मृतकको शवलाई  कालिकोट पठाइएको र घाइतेको उपचार र अनुसन्धान भइरहेको  बताइएको छ । 

प्रकाशित मिति:October 24, 2024