राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण

Nepal Cover
१८ कार्तिक २०८१, आईतवार
image

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट शुभसाइतमा तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनिहरूले राष्ट्रपति भवनमा बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक टीका लगाइदिएका हुन्।

उनीहरुले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,बदामसहितका सौगात प्रदान गरे। राष्ट्रपतिले पनि बहिनीहरूलाई टीका लगाएर दक्षिणा दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि जनाएको छ ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।