साढे सात क्विन्टल मटर बरामद

  Sampatti News

September 21, 2020

काठमाडौँ । नेपालबाट भारततर्फ अवैधरुपमा चोरी तस्करी गर्न लागिएको साढे सात क्विन्टल मटर महोत्तरी प्रहरीले आज बिहान बरामद गरेको छ । जिल्लाको जलेश्वर नगरपालिका–१२ स्थित वनको बाटाबाट एक क्विन्टल, एकडारा गाउँपालिका–४ स्थित वनको बाटाबाट ४०० किलोग्राम र मनरासिस्वा नगरपालिका– १० स्थित वनको बाटाबाट २५० किलोग्राम गरी जम्मा सात क्विन्टल ५० केजी मटर बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

वनको बाटो हुँदै नेपालबाट भारततर्फ मटर तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले मटर बरामद गरेको तथा तस्कर प्रहरीलाई देखेर भागेको जनाइएको छ । बरामद भएको मटर आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति:September 21, 2020