रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

Nepal Cover
५ मंसिर २०८१, बुधबार
image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।

पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषयमा मंगलबार निष्कर्षमा पुग्न नसकेपछि आज पुन: बैठक बस्न लागेको छ ।  बैठकमा समसामयिक राजनीति गतिबिधि, पार्टीको आगामी कार्यदिशाको विषयमा छलफल हुने झाले जानकारी दिएका छन् ।

पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाइराख्न समेत बैठक बोलाइएको  बुर्लाकोटीले जानकारी दिए।

आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने नेताहरूले बताएका छन्।