ट्रेड यूनियनको निर्वाचन मंसिरमा हुने्

Nepal Cover
८ आश्विन २०७७, बिहीबार
image

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन मङ्सिर २७ गते हुने भएको छ ।
लाई तोक्ने निर्णय भएको छ ।

मंगलबारको मन्त्रीपरिषद् बैठकले असोज २४ गते हुने भनिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित गर्दै ‘अर्को निर्वाचन नहुन्जेलसम्म आधिकारिक ट्रेड युनियनको समय २०७८ वैशाख मसान्तसम्म थप्ने निर्णय गरेको थियो । तर सोही निर्णयलाई सच्चाउँदै २ महिना पछि सारेर मङ्सिर २७ गते तोकिएको सिंहदरवार विशेष स्रोतले जनाएको छ ।

‘स्थगित गर्ने निर्णय त भयो तर कानुनी आधार नभएकोले कार्यान्वयनमा जटिलता उत्पन्न हुने देखिएपछि आजको छलफलबाट मङ्सिर २७ गतेलाई सार्ने निर्णय भएको छ’, स्रोतले भन्यो ।

यसअघि सरकारद्वारा घोषित समयावधिभित्रै निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सबै तयारी पुरा गरी सकेको भए पनि ट्रेड युनियनकर्मीहरूकै अनेक गुट–उपगुटको खिचातानीका कारण कोरोना सङ्क्रमणलाई देखाउँदै स्थगित गर्ने निर्णयसम्म पुगेको थियो । तर निर्वाचन स्थगित गर्ने कानुनी आधार नभेटिएपछि थप सङ्कट उत्पन्न हुन गई सरकारलाई नै अफ्ठेरोमा पार्ने अवस्था सिर्जना भएको थियो ।