सरकारले संसद छलेर अध्यादेश ल्याएको विपक्षी दलको निष्कर्ष

Nepal Cover
४ माघ २०८१, शुक्रबार
image

काठमाडौँ । विपक्षी दलहरूको तर्फबाट गरिएको पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘सरकार भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतमा देखिन्छ ।’

सरकारले अध्यादेश जारी गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संसद्लाई छलेर दूरगामी असर पार्नेगरी ल्याएको यो अध्यादेशको विपक्षी दलहरूको तर्फबाट भर्त्सना गर्दछौँ’, पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले भने’, ‘जनताको निरंकुश चरित्रका कारण आम जनतामा चरम निराशाजनक अवस्था छ । सरकारले भ्रष्टाचारी अभियानलाई पूरै अवरुद्ध गरेको छ । भ्रष्टाचारीलाई जोगाएको छ । भ्रष्टाचार बढाएको छ ।’

गिरिबन्धु टि–स्टेट र स्काउटमा भएका भ्रष्टाचारका फाइल बन्द हुन पुगेको वक्तव्यमार्फत प्रचण्डले आरोप लगाए ।