छविलाल अदालतमा उपस्थित, न्यायाधीश खरेलको इजलासमा बयान हुने

  Sampatti News

January 19, 2025

काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । आइतबार जोशी अदालतमा उपस्थित भएका हुन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको छ । जोशीको मुद्दाको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा रहेको छ । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो ।

कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए । यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पनि मुद्दा दायर भएको थियो । उनी यसअघि नै ६० लाख धरौटीमा रिहा भइसकेका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । स्वर्णलक्ष्मी सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रकाशित मिति:January 19, 2025