राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

Nepal Cover
८ माघ २०८१, मंगलवार
image

काठमाडौं । आदिवासी जनजाति आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष रामबहादुर थापा मगरले जनजाती आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

राष्ट्रपतिसमक्ष आयोगका अध्यक्ष थापामगरले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।