सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन : प्रधानमन्त्री

Nepal Cover
११ माघ २०८१, शुक्रबार
image

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।

‘सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्याउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्नुस्,’ उनले भने, ‘नेकपा (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमतिबमोजिम अघि बढ्छ ।’

त्यस्तै ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको पनि शुक्रबार भर्चुअल रूपमा उद्घाटन गरे ।