६५ लाख धरौटीविरुद्ध रविले पेस गरेको निवेदन दर्ता

Nepal Cover
१४ माघ २०८१, सोमबार
image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा पेस गरेको निवेदन दर्ता भएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशप्रति चित्त नबुझेको भन्दै लामिछानेले दिएको निवेदन उच्च अदालत पोखरामा दर्ता भएको उपरजिष्ट्रार तथा अदालतका सूचना अधिकारी निल प्रसाद पनेरुले बताए ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता भएको सूचना अधिकारी पनेरुले बताए ।

रवि जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेशमा चित्त नबुझेपछि साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत पुगेका हुन् ।