मन्त्रिपरिषद् बैठक बस्दै

Nepal Cover
१५ माघ २०८१, मंगलवार
image

काठमाडौं ।  मन्त्रिपरिषदको बैठक आज बस्दै छ । नेकपा एमाले संसदीय दलको बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन्।

बैठकमा सरकारका नियमित काम कारबाहीका विषयमा छलफल हुनेछ । त्यस्तै सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ।

आजै एमाले संसदीय दलको बैठक दिउँसो १ बजे बस्नेछ। यही १८ माघदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ।