११ वर्षीय बालकको हत्या, २ जना पक्राउ

Nepal Cover
५ फाल्गुन २०८१, सोमबार
image

दैलेख । दैलेखमा ११ वर्षीय एक बालकको हत्या भएको छ। हत्या गरेको अभियोगमा दुई जना बालक पक्राउ परेका छन्। दैलेखमा चोरीको सुनका गहना बिक्री गर्ने बेलामा विवाद हुँदा एक जना ११ वर्षीय बालकको हत्या गरिएको छ ।

दुल्लु नगरपालिकाका ती बालकको हत्या अभियोगका सोही ठाउँका १४ र १७ वर्षीया दुई जनालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।

माघ २५ गतेदेखि सम्पर्कबिहीन भएका उनलाई खोजी गरिदिन अभिभावकले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए।

हराएका बालकको हुलिया परिपत्र गरि प्रहरीले खोजतलास गरेको थियो। अनुसन्धानको क्रममा उनीसँगै रहेका साथीहरुले हत्या गरेको पत्ता लागेको प्रहरीको भनाइ छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले २ बालकलाई पक्राउ गरेको छ। उनीहरुले हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चोरी गरेर ल्याएको सुनको गहना (तिलहरी) बिक्री गर्ने बिषयमा बिवाद हुँदा ती बालकलाई आफ्नौ साथीले माघ २५ गते राति नै हत्या गरेर घर नजिकै रहेको खोलामा खाल्डो खनी गाडेका थिए।

यहीँ फागुन ३ गते प्रहरी टोली घटनास्थलमा पुगेर खाल्डो खनेर उनको शव निकालेको हो। उनीहरुविरुद्ध जिल्ला अदालत दैलेखबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरी बताएको छ।