अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज हुँदै

Nepal Cover
५ फाल्गुन २०८१, सोमबार
image

काठमाडौँ । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। कीर्तिपुरस्थित बर्न अस्पतालले उनलाई डिस्चार्ज गर्ने निर्णय गरेको छ। घाउ निको हुँदै गएको र फोक्सोमा कुनै असर नदेखिएकाले डिस्चार्ज गर्ने निर्णय गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

सँगै उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन अस्पताल राखिने भएको छ । आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदय रोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा आगोमा बेलुन पड्किँदा पौडेल र आचार्य घाइते भएका थिए ।