सभामुखले बोल्न समय नदिएपछि आक्रोशित बन्दै : सुमना

Nepal Cover
५ फाल्गुन २०८१, सोमबार
image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ सदन चल्दाचन्दै आक्रोशित भएर बाहिरिएकी छिन् । 

सोमबार सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएको भन्दै सांसद श्रेष्ठ प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी हुन् । 

सभामुखले पटक पटक समय लिएर बोल्न पाइने भन्दै नियमावली सम्झाए पनि उनी मानिन् ।

सोमवार रास्वपाबाट आकस्मिक समयमा मनिष झा बोलेका थिए । आकस्मिक समय सकिएर शून्य समय सुरु हुन लाग्दा उठेर टेबल ठटाएकी श्रेष्ठले सभामुखको रुलिङ अस्वीकार गर्दै औँला ठड्याएर आक्रोश व्यक्त गरिन् । तर सभामुखले समय नदिएपछि उनी झोक्किँदै बाहिरिएकी थिइन् ।