काठमाडौं । काठमाडौंबाट रामेछाप तर्फ जाँदै गरेको बस काभ्रेमा दुर्घटना भएको छ। बस काभ्रेको काभ्रेभञ्ज्याङ पुग्ला मङ्गलबार बिहान दुर्घटनामा परेको हो ।
बागमती प्रदेश ३००१–००५ख ९९४२ नम्बरको अरनिको यातायातको बस सडकको नालीमा पल्टिएको काभ्रे प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट बसमा सवार चालक र सह–चालकसहित १७ जना घाइते भएका छन् । चालक र सह–चालकको टाउकोमा गभ्मीर चोट लागेको बताइएको छ ।
उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा २४ जना यात्रु सवार रहेका थिए। घाइतेहरूमध्ये चालक र सह–चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।