बंशजको नागरिकता कायम राख्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

Nepal Cover
१३ फाल्गुन २०८१, मंगलवार
image

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली (एनआरएन)का लागि आर्थिक सामाजिक अधिकार सहितको नागरिकतामा आफू प्रतिबद्ध रहेको बताएका छन्।

गैरआवासिय नेपाली संघ(एनआरएनए)का अध्यक्ष बद्री केसीसहितको टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले त्यस्तो नागरिकता जारी हिउँदे अधिवेशनबाटै यसको सुनिश्चित गर्ने बताए।

प्रधानमन्त्री ओलीले त्यस्तो नागरिकता जारी हिउँदे अधिवेशनबाटै यसको सुनिश्चित गर्ने बताए। प्रधानमन्त्री ओलीले भुपू गोर्खाजको समस्या समाधानका लागि समेत पहल गर्ने प्रतिबद्धता जनाए।

गैर आवासीय नेपालीहरुले संविधानप्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोगका लागी यही हिउँदे अधिवेशनमै गैर आवासीय नेपाली ऐन संशोधन गर्ने सरकारको प्रतिबद्धता छ ।