काठमाडौं महानगरको आर्थिक गतिविधि ठप्प, प्रशाकीय अधिकृत नपठाएकोमा सांसद शाहीको आक्रोश

Nepal Cover
१३ फाल्गुन २०८१, मंगलवार
image

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले केपी ओली नेतृत्वको सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर काठमाडौं महानगरपालिकालाई बन्धक बनाएको बताएका छन्।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकामा आर्थिक क्रियाकलाप ठप्प भएका छन् । महानगरसँगको विवादका कारण कार्यकारी अधिकृत बिदामा बसेका कारण शिक्षक, कामदार लगायत महानगरका कर्मचारीहरूको तलब समेत रोकिएको छ ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा उनले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सरसफाइकर्मी, शिक्षक र कर्मचारीले पारिश्रमिक पाउन नसकेको बताए । 

नयाँ आएका नगर प्रमुखलाई असहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत नपठाउनुभन्दा आगामी स्थानीय तहको निर्वाचनमा निर्वाचन नगरी आफ्ना कार्यकर्तालाई अबिर जात्रा गरी नगर प्रमुखको रूपमा पदभार ग्रहण गर्ने व्यवस्था गर्न उनले चुनौती दिए ।

काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाइदिन मेयर बालेन्द्र साह बालेनले सरकारलाई पत्र पठाएको झन्डै दुई महिना भइसकेको छ । तर अहिलेसम्म सरकारले पठाउन सकेको छैन ।