राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

Nepal Cover
२३ फाल्गुन २०८१, शुक्रबार
image

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो  १ बजे सुरु हुनेछ । 

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । 

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९–८० को छैटौँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । 

अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैंकिङ  कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’  दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।