काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फ्यालिएको राजतन्त्रको पछाडि दौडेर समय खेर नफाल्न आग्रह गरेका छन् । अब नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको उनको भनाइ छ ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका हुन्।
उनले लेखेका छन्,’गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन । अढाई सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जन आन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान् समयलाई खेर नफालौँ ।’