प्याब्सन अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन

Nepal Cover
२६ फाल्गुन २०८१, सोमबार
image

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा जारी प्याब्सनको १६औं राष्ट्रिय महाधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

प्याब्सनको अध्यक्षमा टीका पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए । उनलाई जिताउन नेकपा एमालेले आन्तरिक सर्कुलर नै गरेको थियो । तर विवाद बढेपछि पुरी पछि हटेका थिए । स्याङ्जाका अधिकारी कांग्रेस निकट हुन् । उनी भ्याली पब्लिक स्कुलका सञ्चालक हुन् ।

प्याब्सनको अधिवेशन आज उद्घाटन हुने भएको छ । मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अन्य पदाधिकारीमा पनि सर्वसम्मतको प्रयास भइरहेको जनाइएको छ ।