काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्दै छन्। दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
पुर्वाञ्चल विश्वविद्यालयको सिनेट बैठक, दिक्षान्त समारोह र उद्घाटन कार्यक्रममा सहभागी हुन आएका प्रम ओलीले विराटनगरस्थित कोशी प्रदेश सभाको बैठकलाई पनि मंगलबार दिउँसो सम्बोधन गर्ने भएका हुन् ।
कोशी प्रदेश सभाका कार्यावाहक प्रदेशसभा सचिव गौतमराज आमत्यका अनुसार मोरङको सुन्दरहरैचा नगरपालिकाको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयका विभिन्न कार्यक्रमहरुमा सहभागी भइसकेपछि प्रम ओलीले मंगलबार दिउँसो २ः३० बजे कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नै कार्यक्रम रहेको छ ।
जिल्ला प्रशासन मोरङका अनुसार प्रम ओली मंगलबार बिहान साढे एघार बजे सोझै हेलिकोप्टरबाट विश्वविद्यालय परिसरमा पुग्नेछन । त्यहाँ उनले विश्वविद्यालयको गिरिजाप्रसाद एग्रिकल्चर रिर्सच र कलेज अफ हेल्थ एण्ड साइन्स भवनको उद्घाटन गर्नेछन । त्यसपछि प्रम ओली विश्वविद्यालय सभाको ४० औ बिशेष बैठक र १३ औ दिक्षान्त समारोहमा सहभागी हुनेछन । त्यसपछि प्रम ओली हेलिबाटै विराटनगर आउनेछन र कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नेछन ।