काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्नेछ ।
आजको बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ।
