भ्रष्टाचारी ठहर भएका : फरार विद्युत प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

Nepal Cover
१० चैत्र २०८१, सोमबार
image

काठमाडौं ।  भ्रष्टाचार मुद्दामा फरार नेपाल विद्युत प्राधिकरणका पूर्व सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन खैरहनी घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने ६५ वर्षीय ध्रुवकुमार उप्रेती रहेका छन् ।

उनलाई वनस्थलीबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । प्राधिकरणका सहायक प्रवन्धक उप्रेतीलाई सर्वोच्च अदालतले गत मंसिर १२ गते दोषी ठहर गरेको थियो । उनलाई दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैदको फैसला अदालतले गरेको थियो ।

फैसलापछि फरार रहेका उनलाई खोजीको सिलसिलामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ । अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको ब्युरोका प्रहरी उपरीक्षक शाहीले बताए ।